ट्रेन्डीङ्ग

लकडाउन अवधिको शैक्षिक शुल्क मिनाहा गर:तिन विधार्थी संगठन

फाल्गुन २६ चितवन । चितवनमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसलाई तीन विधार्थी संगठनले लकडाउनको अवधिको शुल्क मिनाहा गर्न माग गरेका छन।

विधार्थी संगठनहरुले संयुक्त विज्ञप्ति निकाल्दै लकडाउन अवधिको शुल्क तत्काल मिनाह गर्ने विद्यार्थीको समस्याहरुलाई तत्काल सम्बोधन गर्न नियमित रुपमा छात्रवृत्ति पारदर्शी ढङ्गबाट प्रकाशित गर्नुपर्ने , रेडक्रस स्ववियु लगायत विभिन्न शीर्षकमा लिने शुल्क वैज्ञानिक ढङ्गबाट व्यवस्थित गर्नुपर्ने,प्रयोगात्मक अभ्यासहरु कार्यन्वयन हुनुपर्ने अथवा यस विषयको सम्बन्धमा लिइने शुल्क कटौती गर्नुपर्ने ,एक शैक्षिक सत्रमा तीन ओटा आन्तरिक परीक्षा अनिवार्य लिनुपर्ने जस्ता माग राखेका छन ।

क्याम्पस प्रशासनलाई २४ घन्टा भित्र माग सम्बोधन गर्न आग्रह गरेका छन यद्यपि सम्बोधन नगरी प्रशासन अगाडि बढ्न खोजेमा यसबाट भैपरी आउने जस्तो सुकै परिस्थितिको भागेदारी स्वयम् क्याम्पस प्रशासननै हुनेछ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अखिल क्रान्तिकारीको तर्फबाट सुमन श्रेष्ठ,नेपाल विद्यार्थी संघ साजन गुरुङ,अनेरास्ववियू(क्रान्तिकारी)को तर्फबाट समिर सुवेदीले हस्ताक्षर गरेका छन ।विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?