ट्रेन्डीङ्ग

दाउन्नेको ध्युखोलामा बस दुर्घटना, २९ जना घाइते

नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुर्व नवलपरासीको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र ०१-००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो।

विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने स्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो।दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दुम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ । बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal