
काठमाडौँ । समाजवादी मोर्चाको बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेबाट बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सहितका नेताहरू सहभागी छन ।
बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल भइरहेको छ ।