
सुस्ता।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एलएनओबि बारे अभिमुखिकरण गरिएको छ । फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आयोजनामा प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई एलएनओबि (कसैलाई पनि पछाडि नछोडने)बारे एक दिने अभिमुखिकरण कार्यक्रम पालिकामा सम्पन्न भएको छ ।
पछाडि छुटेका,उच्च जोखिम र सीमान्तकृत समुदायको पहिचान गर्न,समनता र समताको आधारमा प्राथामिकिकरण योजना तर्जुमा र बजेट बिनियोजन गर्न सहयोग र निर्माण गर्ने योजना क्रियाकलाप जेसि (गेसि) अवधारणालाई सुनिश्चितता गर्ने उद्देश्यले प्रतापपुर गाउँपालिकाका पालिका अध्यक्ष,पालिका उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत वार्ड न १ देखी ९ का वडा अध्यक्ष र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई एलएनओबिबारे अभिमुखिकरण गरिएको आधारभुत स्वास्थ्य परियोजना संयोजक पुष्पराज आचार्यले बताएका छन ।
परियोजना संयोजक आचार्यको अनुसार आधारभुत स्वास्थ्य परियोजनाले बिगत सन् २०१९ देखि स्वास्थ्य संस्थाको प्रणालीमा सुधार ल्याउन,उपेक्षित उष्ण प्रदेशिय रोगबाट प्रभावित ब्यक्ति समुदायलाई सचेत गराउने,नवजात शिशु तथा मातृ मृत्यु दर कम गर्न र खानेपानी तथा सरसफाइ सम्बन्धि रहेर प्रतापपुर गाउँपालिकामा विभिन्न कार्यक्रमहरु गर्दै आएको र पालिकाको केही स्वास्थ्य संस्थामा सेवालाई थप प्रभावकारिता बनाउनका लागि औजार तथा औषधि उपकरणहरु सहयोग गर्दै आएको बताए ।
त्यसैगरी इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटका कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदीले एल एन ओ बि ले स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवाबाट टाढा रहेको र पछाडि परेको जोखिम समुदायलाई स्वास्थ्य सेवामा पहुँच अभिबृद्दी गर्नका लागि परियोजनाले एक किसिमको लक्ष्य लिएको र इन्द्रेणी सामाजिक बिकास मञ्चले स्वास्थ्य क्षेत्रमा रहेर प्रतापपुर गाउँपालिकालाई दुई वटा स्वास्थ्यको परियोजनाले सहयोग गर्दै आइरहेको उनले बताए ।
सो एल एन ओ बि अभिमुखिकरण कार्यक्रममा सहभागी स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्षहरुले यो कार्यक्रम एकदमै फलदायी रहेको र आफुहरु यस बिषयमा अनबीज्ञ रहेको र आफ्नो वडा भित्र पछाडि परेको र जोखिम सीमान्तकृत समुदायको पहिचान गरि आफुहरुलाई पनि योजना बिनियोजन गर्न सहज भएको भन्दै कार्यक्रमको तारिफ गरेका थिए ।