
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्रष्ट र नालायक भएको आरोप लगाएका छन ।
एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताउनुभयो।‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो’ओलीले भने प्रधानमन्त्री प्रचण्डलाई आफैं राजीनामा गर्नुपर्ने हो।’
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थन्त्री डा.प्रकाश शरण महतले राजीनामा नगर्नु त अनौठो र आश्चर्य भएको उनले बताए ।
साउन २ गते काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
एमालेले गृहमन्त्री र अर्थमन्त्री माथि पनि आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो ।