ट्रेन्डीङ्ग

सरकारले निजि विधालयको योगदानलाई कुण्ठित गरेको आरोप

सुनवल । प्याव्सन, एनप्याव्सन र हिसानले सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सुनवल २ स्थित लोटस रिसोर्टमा सम्पन्न भएको छ ।

प्याव्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा केन्द्रिय सचिव सुवर्ण न्यौपानेको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले सरकारले ल्याएको शिक्षा ऐन २०८० मा विमति जनाउदै शैक्षिक विधेयक निजि विधालय बिरोधि आएको भन्दै निजि विद्यालयले गरेका योगदानलाई कुन्ठित गर्न खोजीएको आरोप लगाए ।



उनले आगामी दिन शैक्षिक क्षेत्रमा लगानी गर्न अफ्ठ्यारो हुने भन्दै शैक्षिक विधेयकले निजी विद्यालयको हक हनन हुने, राज्यले फरक किसिमको छात्रवृत्तिको विभेद अन्त्य हुनुपर्ने , निजि विधालयले १०% छात्रवृत्ति पाउने, निजि विधलायबाट पढ्ने विधार्थीलाई एमबीबीएस लगायतका विषयमा छात्रवृतिबाट बन्चित गराएको गुनासो गरेका थिए।

कार्यक्रममा प्याव्सन केन्द्रीय सदस्य सन्तोष अधिकारी, प्याब्सन लुम्बिनी प्रदेश सचीवका धनराज चापागाईं ,जिल्ला प्याव्सन प्रमुख सल्लाहकार इन्द्रबहादुर गुरुङ, सुमन गोपाल आचार्य , पत्रकार मोहन पौडेल, बर्दघाट उधोण बाणिज्य संघ अध्यक्ष लेखनाथ भण्डारी, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगायतले आ-आफ्ना भनाई राखेका थिए ।


वक्ताहरुले ११/१२ कक्षा दिवा सत्रमा लैजाने नीति दुःखद भएको बताए । राज्यले निजि क्षेत्रलाई धरासायी बनाउन खोजेकाले निजि क्षेत्रका सबै संघ सस्था एक जुट हुनुपर्नेमा जोड दिएका थिए । विदेश जाने लहर बढाउने शिक्षा नीति भएको भन्दै रोजगार सिर्जना गर्ने शिक्षा दिनुपर्नेमा जोड दिए ।



प्याव्सन प्रदेश सदस्य सुर्यनाथ दास पटेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कोषाध्यक्ष बालकृष्ण लम्सालले गरेका थिए ।


यसैविच निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको बताएका हुन ।


अहिले कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal