ट्रेन्डीङ्ग

जिसनले मनायो २१ औं स्थापना दिवस

परासी । पश्चिम नवलपरासीमा रहेको शैक्षिक एक्यवद्धताको समुह (जिसन) नवलपरासीको २१ औं स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसको अवसरमा बुद्ध मंगल ताल व्यवस्थापन समितिलाई ४ वटा कन्क्रीट बेन्च हस्तान्तरण र शुभकामना आदनप्रदन गरि मनाएको छ ।

 

निवर्तमान अध्यक्ष एव प्रमुख सल्लाहकार सन्तोष रौनियार कार्यक्रममा बोल्दै स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन गर्न जिसनले सहयोग गर्ने बताए ।” हामीले विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालक लागायतलाई स्थानीय पर्यटकिय क्षेत्रमा भम्रण तथा बनभोज कार्यक्रम गरि पर्यटन प्रवर्द्धन गर्छौ रौनियारको भनाइ छ ।”

वडा न १२ का वडा अध्यक्ष उमाशकर चौधरी र वडा नम्बर १३ का वडा अध्यक्ष नर बहादुर चौधरी बुद्ध मगल तालको एतिहासिक गरिमा प्रस्तुत गर्दै आन्तरिक रुपमा पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने आग्रह गरेका थिए ।

जिसनका पुर्व अध्यक्ष एव सल्लाहकार इन्द्र बहादुर गुरुङ्गले जिसनले सामाजिक उत्तरदायित्व महशुस गर्दै विभिन्न सामाजिक कामहरु गरिरहेको बताउदै आगामी दिनमा बुद्ध मगल तालको सरक्षणमा स्थानीय सरकारसङ्ग मिलेर अघि बढ्ने बताए । पुर्व अध्यक्ष एव सल्लाहकार यम बहादुर थापा, बुद्धमगल ताल सरक्षण समितीका अध्यक्ष जयबल्लभ पाठक, बुद्धमगल ताल महिला जागृती बन उपभोक्त समितिकि अध्यक्ष गोमा खाती लगायतले बोल्दै जिसनले बुद्धमगल तालमा पर्यटन प्रबर्द्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा व्यक्त गरेका थिए ।

कार्यक्रममा जिसन नवलपरासीका अध्यक्ष डम्बरबहादुर गुरुङ्गको अध्यक्षता, स्वागत वरिष्ठ उपाध्यक्ष थमन शेरचन जिसन सचिब यज्ञ प्रसाद न्यौपानेले कार्यक्रमको संचालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?