
परासी । नेपाली काङ्ग्रेसमा आवद्ध कृयाशिल महिलाहरूले पश्चिम नवलपरासीमा मिठु कुमारी केसिको नेतृत्वमा १५ सदस्यीय महिला संघ तदर्थ समिति गठन गरेका छन ।
महिला संघ जिल्ला कार्यसमितिको पदावधि सकिए सगै केन्द्रले सभापतिका लागि तीन जनाको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई पत्र पठाएको थियो ।
तर केन्द्रले पत्र पठाएकै भोलिपल्ट तारादेवी भण्डारीलाई सभापति मनोनयन गरिएको पत्र पठाएको थियो । जिल्लाले सिफारिस गर्न नपाउदै अध्यक्ष उषा रावत मिश्रले भन्डारीलाईनै तोकेर पत्र पठाएपछि जिल्लाका महिला नेतृहरुले बिधान बिपरित भएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छ्न ।
“सबै महिलाहरू अवसरका लागि पार्टीमा दुख गरेका छ्न कुनै ब्यक्ति विशेषलाई नै तोकेर पठाउने भए अरुले राजनीतिक किन गर्नु ? “महिला नेतृ तदर्थ समितिका अध्यक्ष मिठु केसिको भनाई छ ।
केन्द्रबाट पत्र आएसगै जिल्लामा केही मत्थरीएको बिवाद पुन:चुलिएको छ । मुलत सस्थापन पक्षले एकोहोरो रुपमा पत्र पठाएको र बिधान अनुरुप चल्नु पर्ने भन्दै ईतर समुहले असन्तुष्टि जनाउदै आएको छ ।केन्द्रले तोकेर पठाएको पत्र आधिकारिक भएकोले सोही मनोनयन नै मान्य हुने जिल्लाका सस्थापन पक्षका नेताहरूको भनाई छ । तर पत्र आएपछि महिला संघमा आबद्ध महिलाहरुले भने आपत्ति जनाएका छन।