ट्रेन्डीङ्ग

विश्व आदिवासी दिवसमा पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रम गरी मनाइदै

परासी। नेपाल आदिवासी जनजाति महासघं पश्चिम नवलपरासीले विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ । महासंघले आज परासीमा पत्रकार सम्मेलनको आयोजना गरी दिवसमा आयोजित कार्यक्रमका विषयमा जानकारी गराएको हो । आज पृथ्वी चन्द्र अस्पतालमा महासघंका टिम पुगेर ३० जना विरामीलाई फलफुल वितरण गरेको छ । २० साउनमा प्रतापुरमा रक्तदान कार्यक्रम गर्ने महासंघले जनाएको छ । दिवसको अवसरमा आज पत्रकार सम्मेलन पछि पृथ्वी चन्द्र अस्पताल परासीमा रहेका विरामिहरुलाई फलफुल वितरण गरिएको छ । ३० जना बिरामिलाई फलफुल वितरण गरिएको महासंघका जिल्ला अध्यक्ष तारा रानाले जानकारी दिइन ।

दिवसकै अवसरमा साउन २० गते प्रतापपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ भने २२ गते बर्दघाट ४ नयाँवस्तीमा वृक्षारोपण गर्ने कार्यक्रम छ । यसैगरी दिवसको मुख्य दिन साउन २४ गते बर्दघाटमै लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीको प्रमुख आथिथ्यतामा सभाको आयोजना गरिएको अध्यक्ष रानाले जानकारी दीइन।

दिवसका कार्यक्रम जानकारी दिन अयाोजित पत्रकार सम्मेलनमा महासंघले आदिवासी जनजातिका अधिकार अझै पनि सुनिश्चित हुन नसकेको बताउदै संविधान संसोधनको माग कायमै रहेको जनाएको छ । आदिवासी जनजातिका लागि बजेट विनियोजन गर्न सरकारलाई भनिरहनु पर्ने बाध्यता अझै पनि रहेको बताउदै अध्यक्ष रानाले राष्ट्रिय जनगणनाको तथ्याङ्क पनि तोडमोड गरिएको आरोप लगाइन । वास्तविक विवरणलाई तोडमोड गरी आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान एने २०५८ मा भएको सुचिकृत जातीलाई फुटाएर तथ्याङ्क सार्वजनिक गरिएकाले त्रुटिपुर्ण भएको भन्दै तत्काल सच्चाउन सरकार संग माग गरिएको छ ।

कोसि प्रदेशको नामाकरणको विरोध कायमै रहेको जनाउदै महासंघले पहिचान र अधिकार प्राप्तीको आन्दोलन जारी रहने जनाएको छ । यस्तै मगर र तामाङ समुदायको विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवति पाण्डेलाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । आदिवासि जनजाती महासंघका सल्लाहाकार तथा पुर्व जिल्ला अध्यक्ष देवराज चौधरीले आदिवासी जनजातीको पहिचानको लडाई नसकिएको बताए । महासंघमा जिल्लाका सात ओटा जातीय संगठन आवद्ध रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?