ट्रेन्डीङ्ग

नवलपरासीमा एक पुरुष मृत अवस्थामा फेला

परासी । पश्चिम नवलपरासी सरावलमा अपरिचित एक पुरुष मृत फेला परेका छन ।

सरावल गाउपालिका -१ बासा स्थित पुर्वपश्चिम राजमार्गको दक्षिण तर्फको नालामा पुरुषको शव फेला परेको हो ।

४०/४५ बर्ष उमेरको जस्तो देखिने परिचय नखुलेको पुरुष ब्यक्ती घोप्टो परी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

मृत फेला परेको शव पोष्ट मार्टमको लागी जिल्ला अस्पताल परासी राखिएको र थप अनुसन्धान कार्य भईरहेको डिएसपी पाण्डेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal