
सुनवल।क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले नवलपरासी जिल्ला अन्तर्गत सुनवल नगर संगठन समितिको एकता अधिबेशन,प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ ।
तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) भएको पार्टी एकतालाई जिल्लास्तर हुँदै स्थानीय तहसम्म एकता अधिवेशन सम्पन्न गर्ने क्रममा सुनवल नगरस्तरीय अधिबेशन शनिवार बडेरा स्थित सुन्दरबस्तीमा सम्पन्न भएको हो ।
एकता अधिवशेनलाई प्रमुख अतिथि पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज संकल्पले सम्बोधन गरेका थिए। उनले वैचारिक, राजनीतिक, सांगठानिक विषयमा महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राख्नुहुँदै संघर्षका लागि आवश्यक निर्देशन दिएका थिए ।
कार्यक्रममा मन्तब्य राख्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक समरले पार्टीलाई सबै वडास्तरमा समेत विस्तार गर्दै संर्घषलाई उठान गर्ने जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला सहसंयोजक श्रमिकले नेकपा(बहुमत) र नेकपा(क्रान्तिकारी माओवादी) बीच ऐतिहासिक एकता भएकोले कसैले भम्र पाल्न नहुने बताए।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा पाल्हीनन्दन ईञ्चार्ज न्युक्लियस,प्रदेश सदस्य तथा रामग्राम ईन्चार्ज जयकिसन लगायतले मन्तब्य राखेका थिए।कार्यक्रममा शहिद परिवार लिलावती पौडेल र हिमलाल भण्डारी लगायतको उपस्थिति रहेकोे थियो।
एकता अधिबेशनले श्यामको संयोजकत्वमा २१ सदस्सीय सुनवल नगर संगठन समिति गठन गरेको छ।
४ सदस्सीय नगर कार्यालय टिम गठन गरेको बैठकले सुनवल ७,८,११ र १३ को वडा अधिबेशन समेत तय गरेको संयोजक श्यामले जानकारी दिए ।