ट्रेन्डीङ्ग

विमानस्थलबाट बाहिरिएको सुन झण्डै सय किलो,तीन जना समातिए

काठमाण्डाै।भन्सार जाँचपास भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन बरामद राजस्व अनुसन्धान विभागले छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले हिजो बरामद गरेको हो ।

 

विभागका अनुसार सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । विमानस्थलबाट अध्यागमन र प्रहरीबाट समेत सुन पास भइसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । विमानस्थलको भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला सुन बरामद भएको विभागले जनाएको छ ।

 

एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal