ट्रेन्डीङ्ग

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको निधन

प्रतीकात्मक तस्बिर

राेल्पा।रोल्पामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।ज्यान गुमाउनेमा लुङ्ग्री गाउँपालिका-५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरू ११ वर्षीय सुशील र छ वर्षीय प्रेम रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

 

जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।

 

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज आइतवार ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal