ट्रेन्डीङ्ग

मोतिपुर क्षेत्रका जनतालाई क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर:विप्लव नेकपा

फागुन २३, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रूपन्देहीले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रस्तावित मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यक्रममा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण गर्दै त्यस क्षेत्रका जनतालाई उचित क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर्न अपिल गरेको छ।

रुपन्देहीको रानीगञ्ज शिवनगर, फर्साटिकर, अमुवा र हरिहरपुरका करिव ३ हजार ६२ घरधुरीमा बसोवास गर्ने स्थानीय जनताले विगत ५५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा स्थानीयको सहमति बिना र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनले समेत स्वीकृत नगरी प्रस्तावित मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यक्रममा स्थानीय जनताको माग सम्बोधन गर्नुको साटो उल्टै प्रहरी प्रशासनको बल प्रयोग गरेर जनतालाई कुटपिट गरी घाइते बनाएकोप्रति नेकपाले गम्भीर ध्यानाकर्षण गरेको हो ।

रूपन्देही जिल्ला सेक्रेटरी विदुरको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ:”हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी देशको आमूल परिवर्तनसँगै उत्पीडित वर्ग, किसान, भूमिहिन सुकुम्वासीको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको कुरा सर्वविदितै छ ।यही सन्दर्भमा २०७७ फागुन २१ गते रुपन्देहीको रानीगञ्ज शिवनगर, फर्साटिकर, अमुवा र हरिहरपुरका करिव ३ हजार ६२ घरधुरीमा बसोवास गर्ने स्थानीय जनताले विगत ५५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा स्थानीयको सहमति बिना र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनले समेत स्वीकृत नगरी प्रस्तावित मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यक्रममा स्थानीय जनताको माग सम्बोधन गर्नुको साटो उल्टै प्रहरी प्रशासनको बल प्रयोग गरेर जनतालाई कुटपिट गरी घाइते बनाएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।विकास र समृद्धिको लागि करिडोर आवश्यक रहेपनि प्रस्तावित क्षेत्र रानीगञ्ज शिवनगर, फर्साटिकर, अमुवा र हरिहरपुरका करिव ३ हजार ६२ घरधुरी नै प्रभावित हुने कुरा स्थानीय सरकार र स्वयम् अर्थमन्त्रीलाई जानकारी हुँदाहुँदै वैकल्पिक व्यवस्थाबिना मनोमानी तरिकाले स्थानीय जनतालाई विस्तापित गर्न खोजिनु राज्यको गैरजिम्मेवारीपन हो । त्यसकारण ५५ वर्षदेखि बस्र्दै आएका जनताको उचित क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई जोडदार अपिल गर्दछौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?