ट्रेन्डीङ्ग

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र नवलपरासीबाट माछा तथा पशुपालन फर्ममा अनुगमन

परासी।भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र नवलपरासी मार्फत चालु आर्थिक वर्षमा जिल्ला नगर भित्र अनुदान प्राप्त माछा तथा पशुपालन फर्ममा अनुगमन गरिएको छ। भेटनरी अस्पतालबाट मागमा आधारित कार्यक्रमका लागि अनुदान प्राप्त पशु तथा कृषि फार्म सरोकारवालाहरुले अनुगमन गरेको हो।सरावल गाउपालिका वडा नं ३ स्थित शिवहरी कृषि तथा पशुपन्छी फर्ममा पशु सेवा केन्द्रको सहयोगमा नया पोखरी निर्माण योजना,मागमा आधारित योजना अन्तर्गत रामग्राम -११ रानिपाकडमा सापकोटा एकीकृत कृषि तथा पशुपन्छी फर्म,सुनवल ३ र ६ मा संचालित स्मार्ट कृषि गाउ बाख्रा,मागमा आधारित कार्यक्रम अन्तर्गत सुनवल -१ मा एसीस बगुर फर्म र सुनवल-४ मा रहेको कन्सुलर्ट एक्सन प्लान अफा रेस्पोसिनावल सोसाइटी प्रालिमा भैसी ब्रिडर हार्ड कार्यक्रमको अनुगमन गरिएको हो।

भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र श्रवण कुमार चौधरी,कृषि ज्ञानकेन्द्र नवलपरासी प्रमुख सन्तोष कुमार चौधरी,डिभिजन वन कार्यालय प्रमुख महेन्द्रराज वाग्ले,भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ सुरेश प्रसाद मिश्र,विश्वनाथ भट्टराई,निर्मला गिरी,डिभिजन वन कार्यालय प्रशासन अधिकृत अमजद अली अन्सारि उधोग बाणिज्य सघ नवलपरासीका सहितको  टोलीले अनुगमन गरेका थिए।

मागमा आधारित कार्यक्रम अन्तर्गत अनुदान तथा योजना मार्फत व्यवसायीक माछा तथा पशुपालन ल्याएको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र श्रवण कुमार चौधरीले बताए।साथै कृषि फर्म सञ्चालनको अवस्था,उत्पादनको अवस्था,बजारको अवस्था र कृषकको लागि आवश्यक कार्यक्रमको बारेमा विषयमा पनि अनुगमन टोलीले संवाद गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ नवलपरासीका सुचना अधिकारि सुरेशप्रसाद मिश्रले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal