
काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ।बैठक आज बस्ने तय भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो।अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बोलाउने कार्यबाहक सचिव डा.प्रदिप पराजुलीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
पार्टीको विधान अनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने भएपनि एघार महिनापछि बल्ल औपचारिक बैठक बस्ने तयारी गरिएको थियो।
अब बस्ने केन्द्रीय समिति बैठकमा चुनावी समीक्षादेखि नीति महाधिवेशनसम्म छलफल हुने नेताहरुले बताएका छन।