ट्रेन्डीङ्ग

न्यू लाइफद्रारा एसइइमा उत्तीर्ण विद्यार्थीलाई सम्मान

बर्दघाट।बर्दघाट ०४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयले २०७९ को एसइइको उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।एसइइमा सहभागी ६३ जना विद्यार्थीहरु नै उत्तीर्ण रहेकाले सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सस्थागत विद्यालयहरुको नतिजामा सामुदायिक विद्यालयलाई पुर्‍याउनु नगर लागी परेको बताए।बर्दघाट नगर भित्र रहेका सस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बताउदै उहाले नगर भित्र रहेका सम्पुर्ण सामुदायिक बिधालयहरुको नतिजा सस्थागत विद्यालयको जस्तै राम्रो बनाउन नगर लागी परेको श्रेष्ठको भनाइ छ।नगर बिकासका लागी पनि शिक्षा क्षेत्रको बिकास हुन जरुरी रहेको बताउदै उनले भने -“बर्दघाट नगर भित्रका सबै विद्यालयहरुको नतिजा राम्रो बनाउन हामी लागी परेका छौं ।”

कार्यक्रममा बोल्दै बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्ययले विद्यार्थीले अहिले प्राप्त गरेको नतिजालाई कायम गरि यसलाई थप इट्टा थप्न सक्नु पर्ने बताए ।उनले भने -” न्यु लाइफको नतिजाले बर्दघाट नगरलाई देशमा नै चिनाउन सफल भएको छ ।”

फोर जिपिए देश भरिमा ९७ जना, लुम्बिनी प्रदेशमा ५ जनाले मात्रै ल्याउदा न्यू लाइफ रहेको विद्यालयका प्रीन्सिपल सन्तोष अधिकारिले बताए । न्यू लाइफ बिगत देखी नै ल्याएको उत्कृष्ट नतिजालाई यश बर्ष पनि कायम गर्ने सफल भएका छौं ।”


लुम्बिनी प्रदेशमा ५ वटा विद्यालयले मात्रै फोर जिपिए ल्याएको बताउदै उहाले १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा गुल्मी, पाल्पा, अर्घाखाँची र नवलपरासी जिल्लाले फोर जिपिए ल्याएको अधिकारिले बताउनु भयो । त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक डि . बि. अधिकारीले विद्यार्थी, शिक्षक र अभिभावकसबैको साथ र सहयोगका कारण शैक्षिक क्षेत्रमा न्यू लाईफले छुट्टै पहिचान बनाउन सफल भएको बताए  ।


कार्यक्रममा नगर प्रवक्ता सन्त बहादुर गाहा, उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयकि छात्रा स्तुति पन्थ, ४ जिपिए ल्याउन सफल छात्र सोयम पाण्डेलगायतले बोलेका थिए। न्यू लाइफ क्याम्पस प्रमुख मोहन शरण पाण्डेको स्वागत रहेको कार्यक्रमको संचालन विद्यालयका सहायक प्राध्यानाध्यापक दिनानाथ पौडेलको रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?