ट्रेन्डीङ्ग

सहिद र वेपत्ता योद्धाको सपना मार्दैनौ-कन्चन

फाल्गुन २३ चितवन । विप्लव नेकपाका सचिवालय सदस्य कन्चनले सहिद र वेपत्ताका सपना मरेर जान नदिने प्रत्तिबद्ता जनाए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनक्रान्ती महान सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालको दोस्रो सयुक्त बैठकको सम्बोधन गर्दै कन्चनले हाम्रो पार्टीले विभिन्न आन्दोलनमा ज्यान गुमाएका र वेपत्ता पारिएका सम्पुर्णको न्याय पुर्ण ढंगले सपना र जुन भविष्य देखेर अगाडि बढेका छौ पूरा गरेरै छाड्ने बताए ।
सहिद परिवार र वेपत्ता योद्धा परिवार समाजको दोस्रो बैठकमा नेकपाका सचिवालय सदस्य कञ्चनको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सयुक्त संगठनको फ्याक्सन इञ्चार्ज कमरेड आस्था र पार्टीको केन्द्रीय सदस्य शितलको बिशेश उपस्थिति रहेको थियोे । बैठकको सञ्चालन जनक्रातिका महान सहिद परिवार संगठन नेपाल अध्यक्ष कमरेड खुमा सुवेदीले गर्नुभएको थियोे भने अध्यक्षता राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालका अध्यक्ष सुन्दर थापाले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal