ट्रेन्डीङ्ग

नवलपरासीमा विपद व्यवस्थापनको पुर्व अभ्यास

परासी।बर्षयाममा हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्ने उद्देश्य सहित पश्चिम नवलपरासीमा विपद व्यवस्थापनको पुर्व अभ्यास गरिएको छ।

बर्षेनि आउने वाढि,डुबान,आगलागी जस्ता विपदबाट जोगिन र विपद आइ लागे त्यसको न्युनिकरण गर्नको लागी जिल्ला प्रशासन कार्यलयको समन्वयमा गोरखदल गण परासीले विपदको पुर्व अभ्यास गरेको हो।

रामग्राम ४ जितपुर स्थित पोखरीमा गरिएको पुर्व अभ्यासमा नेपाल प्रहरी,सशस्त्र प्रहरी,रेडक्रस लगायत विपद व्यवस्थापनमा समन्वय गर्ने विभिन्न संघ संस्थाहरुको संलग्नता रहेको थियो।
पश्चिम नवलपरासी खास गरि वाढि र डुबानको चपेटामा पर्ने जिल्लाहरु मध्य एक हो।जहाँ बर्षेनि वाढि र डुबानबाट ठुलो मात्रामा धनजनको क्षती हुने गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal