ट्रेन्डीङ्ग

किर्ते कागजात पेस गरी नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

सप्तरी।किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव पक्राउ परेकी छन।किर्ते नागरिकता लिएको आरोपमा अदालतबाट पक्राउपुर्जी जारी भएपछि उपप्रमुख मीरा यादव पक्राउ परेकी हुन।उनलाई नागरिकतासम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

 

सोही मुद्दाका प्रतिवादी उपप्रमुखका पति महेन्द्र यादव भने अझै फरार छन।डाकनेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उपप्रमुख मीरा दम्पति भारतीय नागरिक रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि उजुरी दिएका थिए।

 

प्रहरीले मुद्दा नचलाएपछि उनी मुद्दा दर्ताको माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलासमा पुगेका थिए । उच्च अदालतको राजविराज इजलासले मुद्दा दर्ता गर्न आदेश जारी गरेपछि उनीहरूविरुद्ध आइतबार नागरिकता कसुरमा मुद्दा दर्ता गरिएको थियो।उपप्रमुख मीरा र उनका पति महेन्द्र भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्लाको निर्मली थानाअन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यादवले कारबाहीको माग गरेका थिए।

 

सप्तरीको साविक औरही गाविस वडा नम्बर ३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिएको आरोप उपप्रमुख मीरा दम्पतीमाथि छ।मुद्दा दर्ता भएर पक्राउपुर्जी जारी भएपछि उपप्रमुख मीरा हाजिर हुन जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन । प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal