
काठमाण्डाै।अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले फिफा विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० जनाको प्रारम्भिक टोली घोषणा गरेका हुन।मुख्य प्रशिक्षक एनिसले उनीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाइएको एन्फाले जनाएको छ।
खेलाडीको बन्द प्रशिक्षण अगष्ट १ गते शुरु हुने एन्फाले जनाएको छ।प्रारम्भिक टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, अनिष देउजा, दीप कार्की, अभिषेक बराल रहेका छन।डिफेन्डरमा विमल पाण्डे,सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ,आशिष गुरुङ,रोहित चन्द,सीमान्त थापा,अन्जल महर्जन,छिरिङ लामा र अञ्जन राई छन।
मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ,लकेन लिम्बू,आभाष लामिछाने,उत्सव राई,विशाल तामाङ,विवेक पौडेल र कृतिश रत्न छन।यस्तै फरवार्डमा आयूष घलान, नवयुग श्रेष्ठ,अञ्जन विष्ट,मनिष डाँगी,आशिष चौधरी,विमल घर्तीमगर,जिलेस्पी जंग कार्की र दिनेश हेन्जन छन।भर्खरै साफ च्याम्पियनसिप खेलेर फर्किएको नेपाल अब सन् २०२६ को विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछ।तस्बिर:एन्फा