ट्रेन्डीङ्ग

एमालेको अवरोधपछी लुम्बिनी प्रदेश सभाकाे बैठक अवरुद्ध

दाङ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभाकाे बैठक अवरुद्ध भएकाे छ।बैठक भाेलि सोमवार दिउँसो १ बजे फेरि बस्ने गरी स्थगित भएकाे सभामुख तुलाराम घर्तीले जानकारी दिनु भएकाेछ।

 

असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन।त्यसपछि अवरुद्ध संसद् बैठक आइतवार आजका लागि आह्वान गरिएको थियो।

 

एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ।सांसदहरु रोष्टमअगाडि उभिएर विरोध जनाएका थिए।अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नु भएकाे थियाे मन्त्री मास्की बोल्दै गर्दा एमाले सांसदहरु रोस्टम घेराउ गर्न पुगेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal