ट्रेन्डीङ्ग

बलियो कांग्रेस बनाउन जनताको मन जित्नु आवश्यक:कांग्रेस नेता महर

डडेलधुरा।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको मन जित्न सके मात्र काँग्रेस बलियो हुने बताएका छन।यसका लागि नेताहरूले ग्रासरुटबाटनै जनताको काम गर्नुपर्ने बताएका छन।कांग्रेस डडेलधुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले ग्रासरुटबाट नै नेताहरूले काम गरे त्यसको प्रभाव देखिने बताए।

 

नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन लाई सम्बोधन गर्दै नेता महरले ‘कांग्रेस जनमैत्री हुनुपर्छ।त्यसका लागि हामीले जनताकै काम गर्नुपर्छ। ग्रासरुटबाट काम गर्ने नेताहरूले पनि इमान्दार भएर काम गर्नुपर्छ। त्यसैले स्थानीय पालिकादेखि माथिसम्मका नेताहरूले असल काम गरेमात्र ठिक ठाउँमा पुगिन्छ’,उनले भने। स्थानीय तहका जनप्रतिनिधि जनताको नजिकको सरकार भएकाले देखिनेगरि प्रभावकारी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन।

उनले पछिल्लो समय नयाँका नाममा देखिएको हुण्डरी धेरैदिन नटिक्ने बताए।‘कांग्रेस कार्यकर्ता केही हतोत्साहित भएका जस्ता, केही नपाइएको पो होकि भन्ने चिन्तनले ग्रसित देखिएका छन।आत्तिनु पर्दैन। पानीको फोका धेरैबेर टिक्दैन।अहिलेका नयाँ शक्ति पानीको फोका जस्तै हुन्।यीनलाई फुट्न धेरै समय लाग्दैन।गफ चुटेरमात्र देश बन्दैन,’उनले भने। उनले कांग्रेसका नेता कार्यकर्ताहरूलाई समाज र परिस्थितिलाई बुझेर सकरात्मक धारणा बनाइ अगाडी बढ्न सुझाव दिएका छन।

 

पार्टीभित्र केही कमी कमजोरी रहे पनि सुधार गरेर अगाडि बढ्नुपर्ने महरले बताए। ‘पछिल्लो समय इतिहास कसैले खोज्दैनन्। सतही कुराको पछि लाग्छन्।जुन गलत छ।यसले मुलुकलाई दीर्घकालिन फाइँदा पुग्दैन,’उनले भने।डडेलधुरामा बजेट धेरै परेको भनेर काठमाडौंमा विरोध भइरहेको र त्यसको तुक नरहेको पनि उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal