ट्रेन्डीङ्ग

नारायणगढ-मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालन

चितवन।नारायणगढ-मुग्लिन सडक खण्ड झन्डै पाँच घण्टापछि सञ्चालनमा आएको छ।

 

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ।सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो।

 

अस्ति बिहीवार दिउँसो पहिरो झरेपछि सडक बन्द हुने र खुल्ने क्रम चलिरहेको छ।बिहीवार दिउँसोपछि हिजो बेलुका ५ बजेमात्रै खुलेको सडक आज बिहान सवा ३ बजे पहिरो झरेपछि पुन:बन्द भएको थियो।त्यसलाई पन्छाएर सडक सञ्चालनमा ल्याएको केहीबेरमै पुनः पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो।

 

सडक सञ्चालनमा आए पनि पहिरो झर्ने क्रम कायमै रहेकाले सावधानीपूवर्क गाडी चलाउन सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।सडक बन्द हुने र खुल्ने क्रम चल्दा धेरै गाडी लाइनमा रहेकाले सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक कार्यालय भरतपुरले जनाएको छ।

तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal