ट्रेन्डीङ्ग

विश्वकप छनौट:प्लेअपमा आज नेपाल र युएई खेल्दै

काठमाण्डौ।आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले संयुक्त अरब इमिरेट्स(यूएई)सँग खेल्दैछ।खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ।

विश्वकप छनोटमा नेपाल समूह ए को चौथो स्थानमा रहेको थियो भने यूएईले समूह बी मा खाता पनि खोल्न सकेको थिएन।

सुपर सिक्समा पुग्न नसकेका नेपाल र यूएईबीच सातौँ स्थानको लागि खेल हुन लागेको हो।नेपाल र युएईबीच अहिलेसम्म १४ वटा एकदिवसीय खेल भएकोमा नेपाल ८ खेलमा र यूएई ६ खेलमा विजयी भएका छन।

१० टोली सहभागी विश्वकप छनोटमा अमेरिका पुछार र आयरल्याण्ड आठौँ स्थानमा रहे।आजै विश्वकप छनोटको सुपर सिक्समा श्रीलंका र जिम्बावेले खेल्दैछन।खेल दिउँसो पौने १ बजे हुनेछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal