परासी।पश्चिम नवलपरासीमा भुमिहिन दलित तथा भूमिहीन सुकुम्बासीले जग्गा धनि लालपुर्जा पाएपछि खुसि भएका छन।लामो समयदेखि आफैले जोतभोग गर्दै आएको जग्गा धनि लालपुर्जा पाएपछि खुशी भएका हुन।
जिल्लाको बर्दघाट नगरपालिकाबाट पहिलो चरणमा १० जनालाई लालपुर्जा वितरण गरिएको थियो। पुर्जा लिदै स्थानीय रामबचन पासीले पुर्जा नहुँदा बिजुली,खानेपानी तथा सरकारी निकायबाट पाउने कृषि बीउसमेत नपाउँदाको बैकबाट लोन समेत नपाएको सम्झिदै अब पुर्जा पाएपछि सरकारी सेवासुविधा पाउनेमा छोरोछोरीका लागि अध्ययन तथा केही व्यवसाय गर्न खोज्दा लालपुर्जा अभावमा पाएको सास्ती सम्झिएँ,’जग्गाको पुर्जा पाउँदा खुसीको सीमा नहुँदो रहेछ पासीको भनाइ छ।
त्यस्तै सरावलकै विमलावती मुसहरले“पटक पटक बनेका आयोगले पुर्जा दिन नसक्दा मैले त पुर्जा पाउने आस मारेको थिएँ फेरी पनी हामीमाथी राजनितिनै हुने भयो भन्ने सोचेको थिए तर यसपाली त साँच्चिकै पो पुर्जा पाएँ।”लालपुर्जा देखाउँदै खुशी व्यक्त गरिन।
पुर्जा वितरण गर्दै भुमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले भुमी र आवास सबै नागरिकको संबैधानिक अधिकार भएकाले आयोग मार्फत केही बर्षमै सबै भुमिहिनले पुर्जा प्राप्त गर्ने यसका लागी सरकारले जगा ब्यवस्थापन गर्ने कार्य अगाडी बढेको”सबै नागरिकको जोत्ने भुमी र बस्ने आवास हुनुपर्छ,जनतालाई भुमिको मालिक बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठको भनाई थियो।
पुर्जा प्राप्त गर्ने भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीहरु बर्दघाट १३ का दुर्सइ मुसहरलाई ३ कठ्ठा ३ धुर, रामबदन पासीलाई ८ धुर,मोहमद सलिम देवानलाई १ कठ्ठा १० धुर,मटेलु लोनियालाई २ कठ्ठा १६ धुर, राजकुमार मुसहरलाई ६ धुर, शान्तीदेवी मुसहरलाई १० कठ्ठा २ धुर,सुकइ चमारलाई १२ कठ्ठा, जुठे कहाँरलाई ७ कठ्ठा १३ धुर रहेको जग्गाधनी पुर्जा मन्त्री श्रेष्ठले वितरण गर्नुभयो।
पश्चिम नवलपरासीमा पटक पटक वनेका भुमि सम्वन्धि आयोगले विगतमा जग्गा नापजाँच लगाएतका कार्यहरु गरेपनि पुणर्ता भने दिन सकेका थिएनन। पहिलो पटक बर्दघाटबाट पुर्जा वितरणको काम सुरु भएको हो अब जिल्लाभर वितरण गरिने भुमि आयोग नवलपरासीका अध्यक्ष देवराज भण्डारीले बताए।
पुराना खास गरि वि.स २०५५ मा सत्यनारायण खनालको अध्यक्षतामा बनेको आयोग र वि.स २०६६ को मनशोभा पाण्डे आयोगमा नापचाज गरेर सुकुम्बावी पुर्जा प्रदान गरेका भुमिहिन दलित तथा भूमिहीन सुकुम्बासीलाइ लालपुर्जा वितरण गरिएको हो भुमि आयोगका अध्यक्ष भण्डारीले बताए।