![](https://safalpost.com/wp-content/uploads/2023/06/356947166_1010846280054934_7870180827891988300_n.jpg)
सुस्ता।नेपालि कांग्रेसका केन्दीय सदस्य एव प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले ४ महिना अगाडी तामझाम सहित उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर संचालनमा आउन सकेको छैन।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर संचालनमा आएको छैन।
प्रतिनिधि सभाका सांसद चौधरीले सुस्ताको पक्लिहवाका जनतालाई चौधरी फाउन्डेसनको सहयोग भनेर उद्दघाटन गरेको पक्लिहवा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर अर्थात प्रसुती गृह करिब ४ महिना बितिसक्दा पनि संचालनमा नआएको भन्दै स्थानीयबासीहरुले गुनासो गरेका छन।
सांसद चौधरीले बृहत कार्यक्रम गरेर चौधरी फाउन्डेसनको बोर्ड समेत राखेर पक्लिहवामा बर्थिङ्ग सेन्टर अर्थात प्रसुती गृहको उद्द्घाटन गरे त्यतिबेला पक्लिहवाबासीले एक किसिमको चाडपर्व जस्तै खुशी मनाएका थिए तर त्यो खुशी धेरै दिन रहेन किनभने ४ महिना अगाडी चैत्र १३ मा उद्घाटन गरिएको बर्थिङ्ग सेन्टर(प्रसुती गृह)को सेवा संचालनमा आउँन सकेनको छैन।
सांसद चौधरीले आफ्नो भाषणको बेलामा अब बिकासको रेल संचालनमा आएको र यो रेल आफ्नो रफ्तारमा कुदिरहेको हुदा बिकास चाहनेहरु यो रेलको डब्बामा चढे हुन्छ नत्र स्टेसनमा नै छुट्ट्नु पर्ला भनेर जनतालाई गरेका झुठा भाषण रहेको भनेर पक्लिहवामा संचालनमा नआएको बर्थिङ्ग सेन्टरले प्रमाणित गरेको छ।
कुनै किसिमको व्यवस्था नगरी सोझा साझा जनतालाई झुक्काउन र मैले चुनावमा गरेको बाचा पूरा गरे भन्दै उद्द्घाटन गरेको पक्लिहवाको बर्थिङ्ग सेन्टर(प्रसुती गृह)मा नत गतिलो सामग्री छ्न,नत स्वास्थ्यकर्मी नै स्वास्थ्य जस्तो गम्भीर बिषयमा सांसद चौधरीले खेलवाड खेलेको स्थानीयबासीहरुको आरोप लगाएका छन्।
स्थानीयको जब कुनै किसिमको व्यवस्था नभई गाउँपालिका संग आएर एक किसिमको नाटकिय सम्झौता देखाएर चौधरीले बर्थिङ्ग सेन्टर उद्द्घाटन गरेका थिए।सांसद चौधरीले एका तिर सहयोग गरे जस्तो गरेको छ भने अर्को तिर हामि सोझो जनतालाई गुमराहमा पार्ने काम गरिरहेको स्थानीयको आरोप छ।
बर्थिङ्ग सेन्टर संचालन गर्न कम्तीमा दुई जना दक्ष स्वास्थ्यकर्मी,दुई जना स्विपर र एक कार्यालय सहयोगी भए जसोतसो संचालनमा आउछ तर चौधरीले बर्थिङ्ग सेन्टर संचालनका लागी एक जना अनमी पदका स्वास्थ्य कर्मी ६ महिनाको लागी दिएका छन।