
काठमाण्डाै।१४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ ।भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो।
नेपालका आशिष चौधरीले ८०औँ मिनेटमा गोल गरे।आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ।पाकिस्तान पनि प्रतियाेगिताबाट बाहिरिएको छ।साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो।
समूह ‘ए’ बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन।आज हुने कुवेत र भारतबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।