काठमाडौं।नेपाल समाजवादी पार्टीका अध्यक्ष एव पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन।मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्नेमा जोड गरेका हुन।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिइरहेका भट्टराईले गत आम चुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्झन् उतार चढावपूर्ण बनेको र नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकाङ्क्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अङ्गहरूको क्षयीकरण र भ्रष्टीकरण आदि प्रमुख कारणले मुलुक संकटमा फसेको उनको तर्क छ।
यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नु सट्टा यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार,शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भू राजनीतिको कुशल व्यवस्थापन,जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठिक होला नत्र समयले कसैलाई नपर्खने उनले भनेका छन।