ट्रेन्डीङ्ग

एक सय रुपियाँको सामानमा भन्सार उठाउदा,सिमा नाकामा आवतजावतमा कमि

परासी।पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयमा कडाइ गरेसंगै सर्वसाधारणको आवतजावतमा कमि आएको छ।

 

 

असार ५ गतेदेखि भारतीय बजारबाट भित्र्याने एक सय रुपियाँको सामानमा समेत भन्सार उठाउन सुरु गरेपछि सिमा नाकामा सर्वसाधारणको आवतजावतमा कमि आएको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि बहादुर चुडालले बताए।

 

 

 

चुडालले भने-“आज ५ दिन भो हामीले सिमा नाकामा कडाइ गरेको।अहिले कडाइ गरे पछि दैनिक आवतजावत गर्ने सर्वसाधारणको सख्यामा ७० प्रतिशतले कमि आएको छ।”नेपाल भारतको सिमाना भारतीय बजारबाट नेपाल आउने हरेक सामानमा भन्सार कडाइ गरिएको छ।

 

भन्सार कार्यालयले सूचनानै निकालेर नेपाली एक सय रुपै‌या भन्दा बढिका सामानमा पनि भन्सार उठाइएको बताउदै चुडालले भारतबाट बिना भन्सार नेपालमा सामना आउदा राजस्व न्यून उठ्ने चुडालको भनाइ छ।अहिले सरकारले लिएको एक सय रुपैया मुल्य बराबरको सामानमा पनि भन्सार लिग्ने निर्णयले सीमावर्ती बजार क्षेत्रमा हुने अबैध कारोबारलाई निरुत्साहित भएको छ।

 

 

 

नेपाली उपभोक्ताहरुमा सिमा नाकामा रहेको भारतिय बजारमा सस्तो सामान पाइने भन्दै नेपाली उपभोक्ताहरु सिमा नाकाको जाने गरेको उद्योग वाणिज्य संघका केन्द्रिय सल्लाहकार गुणनिधी तिवारीले बताए।उहाका अनुसार नेपाल भारतको सिमाना नाकाको बजारमा भारतबाट दैनिक उपभोग्य सामानहरु नेपाल आउँदा नेपाली बजार सुकेको बताए।

 

 

त्यस्तै चेम्बर अफ कमर्स नवलपरासीका अध्यक्ष चन्द्र ज्योति बस्यालले भन्सार कार्यालयले लिएको अहिलेको निर्णय स्वागत योग्य रहेको बताए।भन्सार कार्यालयले अहिले गरेको निर्णय एकदमै स्वागत योग्य र साकारात्मक रहेको छ जसले गर्दा नेपाली व्यवसायीहरुको व्यापारमा राम्रो हुन्छ अध्यक्ष बस्यालको भनाइ छ।

 

अहिले सिमावर्ती क्षेत्रमा रहेको भारतिय बजारमा नेपाली उपभोक्ताहरुले साइकल,मोटरसाइकल, इ-रिक्सा, अटो लगायत सवारी साधनहरु लिएर जाने क्रममा रोकिएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal