ट्रेन्डीङ्ग

बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेश स्तरिय कवि गोष्ठी गर्ने

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठीका असारको १६ गते गर्ने भएको छ।

 




लुम्बिनी प्रदेशमा पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठी गर्न लागेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेले बताए।

 



लुम्बिनी प्रदेश स्तरीयमा पहिलो पटक कवि गोष्ठी गर्न लागिएको छ न्यौपानेको भनाइ छ।लुम्बिनी प्रदेश भित्र रहेका १२ वटा जिल्लाबाट कविहरु आउनु हुन्छ।

 




चैत्रदेखी बैशाख २१ गतेसम्म बर्दघाट प्रज्ञा प्रतिष्ठानको कार्यालय र प्रज्ञा प्रतिष्ठिनको इमेलमा आएका ५१ वटा रचनाहरुको कवि प्रतियोगितामा सहभागी हुनु भएको बताउदै उनले भने-“हामीले बर्ग,लिङ्ग,जाति,धर्म र सम्प्रदाय माथी प्रहार नगर्ने गरि रचना पठाउन ३५ दिने सुचना जारी गरि रचनाहरु मागेका थियौं।जसमा ३ सदस्यीय मुल्यांकन समितीले प्रथम,दोस्रो,तेस्रो र शान्तनालाई क्रमश २५ हजार,२० हजार,१५ हजार र १० हजार रहेको छ।”

 





बर्दघाट प्रज्ञा प्रतिष्ठानका भाषा साहित्य बिभागको संयोजक एवं प्रदेश स्तरिय कवि गोष्ठीका संयोजक हुमनाथ आचार्यले स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन सदस्य सचिब बामदेब अधिकारीको रहेकोे थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?