ट्रेन्डीङ्ग

तेक्वान्दोका गुमनाम एक खेलाडी बलराम राई

काठमाडौं।मान्छेले यो धर्तीमा जन्म लिएपछी हजारौ इच्छा,चहाना र सपनाहरु बोकेका हुन्छन।ती मध्धे कसैको पूरा हुन्छ त कसैको बिचमै तुहिने गर्दछ।यस्तै सपनाहरुको भिडमा देखिने एउटा नाम हो बलराम राई।



खेलकुदमा समर्पित गर्दै देशको लागि केही गर्ने सोच बोकेको राईको जन्म भोजपुर जिल्लाको नेपालेडाडामा भएको थियो भने हाल ललितपुर महानगर २६ ढोलाहिटीमा बसिबास गर्छन।तुलबहादुर राई र बिना राईको जेठो सुपुत्रको रुपमा जन्म लिएको राई सानैदेखि खेलकुदमा होमिएका थिए।



सानै उमेरदेखी राजकुमार राई र ब्रुस्लीदेखि अति प्रभावित राई २०५९ सालबाट मोरङ्ग जिल्लाको बेलबारी डोजाङ्ग तेक्वान्दो खेलमा भर्ना भएका राईले धनगडीमा भएको २०६८ सालको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र २०७३ मा पुर्वान्चलको इटहरीमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष ५८ केजि समुहमा पुर्वान्चल विकास क्षेत्रको टिमबाट प्रतिस्पर्धा गरेका थिए।



हाल विभिन्न विद्यालय तथा डोजाङ्गहरुमा प्रशिक्षकको रुपमा सकृय राईले थुप्रै पुरस्कार तथा सम्मानहरु समेत प्राप्त गरिसकेका छन। सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा काश्य पदक हात पारेका राई देशले खेलाडीको लागि उचित तरिकाले सोचिदिने हो भने विश्व सामु नेपालको नाम चिनाउन एक से एक खेलाडीहरु सक्षम भएको बताउछन।



ब्लाकबेल्ट प्राप्त गरिसकेका राई खेलकुद सगसगै विभिन्न सामाजिक संघ सस्थाहरुमा आबद्ध छन।त्यो सगै सामाजिक काममा सक्रिय उनि आफ्नै ब्यापार ब्यावसाय समेत संचालन गर्दै आएका छन।खेलकुद र सामाजिक कामको अलावा राजनैतिक क्षेत्रमा समेत उत्तिकै कृयाशिल रहेका छन।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?