
परासी।जनता प्रगतीशील पार्टीका अध्यक्ष ह्दयेश त्रिपाठीले बर्तमान सरकार सर्वसाधरण जनतालाई कर वोकाउन उद्धत भएको आरोप लगाएका छन।
भन्सार नाकाबाट सय रुपैयाँभन्दा माथिको सामानमा भन्सार शुल्क तिर्नु पर्ने नियमको नेता त्रिपाठिले आपत्ति जनाएका छन।घर खर्चका लागि चिनी,चियापत्ती र भगवानको प्रसाद ल्याउँदा पनि कर लिने निर्णय पुनर्विचार गर्न नेता त्रिपाठीले सरकारसँग आग्रह गरेका छन।
राजश्व संकलनको नाममा एक सय रुपैया भन्दा माथिको समान ल्याउँदा भन्सार शुल्क कामय गर्नु भन्दा भ्याटको नक्कली विल प्रकरण पहिले छानविन भैसकेको र त्यसलाई राम्रो सँग छानविन गरेको भए झण्डै ९ अर्व राजश्व संकलन हुने त्रिपाठीको दावि छ ।
गृह जिल्ला पश्चिम नवलपरासीको परासीमा पत्रकार सम्मेलन गर्दै नेता त्रिपाठीले पछिल्लो समयमा देश प्रतिगमन तिर गैरहको बताए।
नेता त्रिपाठीले भ्रष्टचारका मुद्धालाई थामथुम पार्न नेपाली कांग्रेश र नेकपा एमालेले नयाँ गठबन्धन गर्न खोजेको समेत आरोप लगाएका छन।त्यस्तै नेता त्रिपाठीले नागरिता विद्ययक लाई राजनितिक सवाल बनाई न्यायलयमा पुर्याउनु समेत लज्जासपद भएको बताएका छन।