ट्रेन्डीङ्ग

पुरुष साफ च्याम्पियन आजदेखी सुरु:नेपाल र कुवेत भिड्दै

काठमाडौं।पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आज बुधबारबाट भारतमा सुरु हुँदैछ।बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने १४ औं साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

 

 

यस संस्करणको च्याम्पियन सिपमा नेपालसहित आयोजक भारत,बंगलादेश,कुवेत,लेबनान,भुटान,पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन।कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन।

 

 

साफको उद्घाटन खेलमा समूह ‘ए’मा रहेको नेपालले आज बलियो टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ।साविक उपविजेता समेत रहेको नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ।

 

यस्तै पहिलो दिन भारत र पाकिस्तानबीच समेत प्रतिस्पर्धा हुनेछ।नेपाल आज कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ।तर,बलियो टोली कुवेतविरुद्ध नेपाली सहज हुने छैन।

 

 

कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो।एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ४–१ गोल अन्तरले हराएको थियो।

 

 

नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएको छ।जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। यस संस्करणको साफमा नेपालको समूहमा साविक विजेता भारत,कुवेत र पाकिस्तान रहेको छ।

 

 

समूह ’बी’ मा लेबनान,माल्दिभ्स,भुटान र बंगलादेश रहेका छन्।नेपालले दोस्रो खेलमा ९ असारमा आयोजक भारतसँग खेल्नेछ।यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?