ट्रेन्डीङ्ग

सुदुरपश्चिम सरकारका कानुनमन्त्री सवार गाडी बझाङमा दुर्घटनामा

धनगढी।बझाङमा सुदूपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ।आज(मंगलबार)दिउँसो पौने २ बजे जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा मन्त्री सवार गाडी खसेर दुर्घटना भएको हो।

 

 

प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी नदी किनारमा खसेको हो। डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा गाडी सडकबाट ५० मिटर तल खसेको थियो।

 

 

 

दुर्घटनामा परि मन्त्री सिंहसहित ५ जना घाइते भएका छन्।घाइते हुनेमा चालक धर्मराज जोशी मन्त्री सिंह,उनकी पत्नी अमृता सिंह,जयदेवी सिंह(महिला)र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी रहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?