सुनवल।सुनवल नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ।आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै १ अरब १८ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपैया विभिन्न विषयगत क्षेत्रमा नगरपालिकाले रकम विनियोजन गरेको छ।जसमा चालु खर्चतर्फ ६६ करोड ४० लाख ६४ हजार ८ सय ३ रहेको छ भने पुँजीगत खर्चतर्फ ५२ करोड ५१ लाख ४३ हजार ९ सय ३१ विनियोजन गरेको नगरपालिकाले जनाएको छ।
निति तथा कार्यक्रम प्रस्तुत गर्दे सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालले नगरप्रमुख सँग आँखा स्वास्थ्य कार्यक्रमको निरन्तरता,प्रसुति गृहको क्षमता वृद्धि,जेष्ठ नागरिक सँग उपमेयर कार्यक्रम र नगर स्तरिय एकिकृत एम्वुलेनस सेवालाई प्राथमिकतामा राखेको बताइन।त्यस्तै मृगौला डाइलाइसिस गर्नुपर्ने विरामीहरुलाई विगतमा दिएको सेवा सुविधालाई निरन्तरता दिएको नगरप्रमुख अर्यालले बताइन।त्यस्तै शिक्षातर्फ विद्यालयका भौतिक संरचना बालमैत्री एंव अपाङग मैत्री गाराउने,सामुदायिक विद्यालयको आधारभुत शिक्षामा गुणस्तर सुधारका लागी नगरप्रमुख शैक्षिक सुधार लगायतका कार्यक्रम लागु गर्ने निति तथा कार्यक्रममा समेटिएको छ।
त्यस्तै एक घर एक धारा तथा स्वच्छ खानेपानी उपलब्ध गराउने,नगरभित्र रहेका खानेपानी समितिहरुको एकरुपकता ल्याउने नगरप्रमुख अयालले बताइन।सुनवल नगरपालिकालाई महिलामैत्री गराउने,समता महिला विद्यालयलाई थप सुविधि बनाई प्रभाविकारी गराउने निति तथा कार्यक्रममा समावेश गरिएको छ।
त्यस्तै युवा तथा खेलकुदलाई प्रर्वद्धन गर्नको लागी एक वडा एक खेलमैदानको अवधारणा लिएको नगरप्रमुख अर्यालले बताइन।त्यस्तै नगरपालिकाले नगरभित्रका सडक क्षेत्रमा हरियाली प्रर्वद्धन गर्ने र गुरुयोजना अनुरुप नगर रिङरोडलाई व्यवस्थीत गर्ने निति तथा कार्यक्रममा उल्लेख छ।त्यसै गरि सुचना प्रविधिमैत्रि सुनवल नगरपालिका बनाउन सेवा प्रवाहलाई पेपरलेसमा रुपान्तरण गर्ने नगरको निति तथा कार्यक्रम रहेको छ।
त्यसैगरि सुनवल नगरपालिकाका भित्र कार्यरत सम्पुर्ण करार तथा ज्यालादारी कार्यरत कर्मचारीको सुरक्षाको लागी सामािजक सुरक्षा कोषमा आवद्ध गर्ने निति अवलम्वन गर्ने निति लिएको छ।नगरभित्रका महत्वपुर्ण योजनाहरुको प्रोजेक्ट वैंक निर्माण गरि कार्यान्वय गर्ने निति तथा कार्यक्रममा उल्लेख भएको छ।
त्यस्तैगरी आर्थिक विकासतर्फ कृषि विकासका लागी व्लक,पकेट र जोन कार्यक्रम अन्तर्गत एक वडा एक उत्पादनको कार्यक्रम संचालन गर्ने,एक वडा एक पशुफर्म अभियान संचालन गर्ने,जग्गा बाँझो नराख्ने निति अवलम्वन गरी सिंचाई प्रणालिलाई प्राथमिकता दिने निति तथा कार्यक्रम रहेको छ।त्यसैगरि संस्कृति र पर्यटन विकासलाई मध्येनजर गरि सुनवल सर्किट निर्माण गर्ने नगरप्रमुख अर्यालले बताइन।त्यसैगरी नगरलाई सफा र स्वच्छ गराउने उद्देश्य अनुरुप फोहोरमैला व्यवस्थापन गर्ने,एक वन एक उद्धमको समेत निति नगरपालिकाले लिएको छ।
आर्थिक वर्ष २०८०/०८१ तय गरिएको निति तथा कार्यक्रमलाई कायन्वयन गर्न समािजक क्षेत्रमा ६३ करोड ९८ लाख ८५ हजार विनियोजन गरेको नगर उपप्रमुख सुर्य प्रसाद दुवेले बताए।त्यसैगरि भौतिक पुर्वधार तर्फ २५ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपौय,सुशासन तथा संस्थागत विकास मा २० करोड १२ लाख ३ हजार,आर्थिक विकासमा ७ करोड ३९ लाख १२ हजार,वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ५० लाख विनियोजन गरेको नगर उपप्रमुख दुवेले बताए।
त्यस्तै १३ औं नगर सभामा आर्थिक विधेयक,लेखा समितिको प्रतिवेदन,न्यायीक समितिको प्रतिवेदन विनियोजन विधेयक,वाङगमय प्रतिष्ठान गठन तथा संचालन ऐन लगायत प्रस्तुत गरिएको थियो।
सुनवल नगरपालिकाको आव ०७९/८० को बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक