ट्रेन्डीङ्ग

स्वच्छ पानी न्युनतम ५ हजार लिटर नि:शुल्क उपलब्ध गराउछौ:सुनवल नगरप्रमुख अर्याल

सुनवल।सुनवल नगरपालिकाका नवनिर्वािचत नगरप्रमुख विमला अर्यालले समृद्ध सुनवल सुखि सुनवल वासीको परिकल्पना गरेको बताउनु भयो।स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित सुनवल नगरपालिकाका जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख अर्यालले प्रतिवद्धता व्यक्त गर्दै जनताको आधारभुत आवश्यकता अन्तर्गत सुनवल वासीहरुलाई स्वच्छ पानीको लागी न्युनतम ५ हजार लि.पानी नि:शुल्क उपलब्ध गराउने निणर्य गर्ने बताउनुभयो ।सपथ ग्रहण कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ चौधरीले शुसासनमा जोड दिदै नवनिर्वाचित सवै जनप्रतिनिधिहरुलाई आर्थिक ऐन वनाउनुपर्ने बताउनुभयो।आर्थिक ऐन विना कुनै पनि कर उठाउन र खर्च गर्न नपाउने भन्दै ऐनलाई हुवहु पालना गर्नुपर्ने उहाँको भनाई छ । साधारण तर्फको खर्च कति छ र पुजीगत खर्च कति छ भन्ने कुरा र जनप्रतिनिधिहरु कति विकास प्रेमी छन भन्ने कुरा साधारण र पुजीगत खर्चको प्रतिशतले निर्धारण गर्ने प्रदेश सभासद चौधरीले बताउनुभयो ।सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कोइरालाको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रदेश सभासद भगवती भण्डारी,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, राष्ट्रिय प्रजातन्त्र पाटीको केन्द्रीय सदस्य देवि घिमिरे,जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेल,लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको सुभकामना व्यक्त गर्नुभएको थियो।साथै नगरप्रमुखले नगर उपप्रमुखलाई सपथ ग्रहण गराउनुभएको थियो भने प्रमुखले सवै वडाध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो।सोहि अवसरमा स्थानिय तहको निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान पत्र सहित विद्याई गरिएको थियो । साथै नवनिर्वाचित नगर प्रमुख उपप्रमुख र वडाध्यक्ष सहितका सवै जनप्रतिनिधिहरुले सहिद विष्णु पाण्डे प्रतिष्ठानमा सहिदलाई पुष्पाअर्पण गरि कार्यकक्ष प्रवेश गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?