ट्रेन्डीङ्ग

विश्वकप छनाेट:नेपालले अमेरिकासँग खेल्दै

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार)अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिका बीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पौने  १ बजे हरारेकाे टाका सिंगा स्पाेर्ट्स  क्लबमा हुनेछ।

 

 

 

आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नाे पहिलाे खेलमा हार बेहाेरेका छन् । नेपाल पहिलाे खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएकाे थियाे भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । यस्तै अर्काे  खेलमा जिम्बावे र नेदरल्यान्ड्स खेल्दैछन् ।

 

यी दुईबीचकाे खेल पनि दिउँसाे पाैने १ बजे हरारे स्पाेर्ट्स क्लबमा हुनेछ ।  विश्व कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा जिम्बाब्वे सँगै वेस्टइन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

 

समूह’बी’मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal