ट्रेन्डीङ्ग

विप्लव नेकपा दोगडाकेदार गापा कमिटीद्वारा सहिद परिवार सम्मान

फाल्गुन २१ बैतडी । विप्लव नेकपा दोगडाकेदार गाउँपालिकाले २६ औ जनयुद्ध दिवसको अवसरमा सहिद परिवार सम्मान गरेको छ ।

वैतडी जिल्लाको दोगडाकेदार ईञ्चार्ज दिपेन्द्र सिह ऐरी क.आजादले जनयुद्ध र विभिन्न आन्दोलनमा सहादत भएका सहिदका परिवारलाई सम्मान गरेका छन

पार्टी माथीको प्रतिबन्ध खारेज भएको खुसयालिमा बाजा बजाउँदै बिजय जुलुष मनाउँदै कार्यक्रम स्थलमा प्रवेश गरेको जानकारि पार्टी पालिका ईञ्चार्ज दिपेन्द्रले जानकारि गराए ।

बैतडि जिल्ला सचिव कमरेड राम सिह कुवरले बोल्दै क्रान्ति अझै अधुरो छ एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत हामी क्रान्ति पुरा गर्छौ, बर्तमान संसदिय ब्यवस्थाले नेपाली जनताको सामु घुटा टेकेको दिन हो । त्यसै गरि अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष सुरेन्द्र धानुक बोल्दै सहिदका सपना अधुरो छ हामि जुनसुकै हालतमा पनि पूरा गर्ने प्रतिवद्वता जाहेर गरेका छन।

कार्यक्रम सञ्चालक दिपेन्द्रले २६ औं जनयुद्ध दिवसको अवसरमा सहिद परिवार सम्मान कार्यक्रम शब्य र भब्य ढंगले मनाउन सहयोग पुर्याउनु हुनेहरुमा धन्यवाद ब्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?