ट्रेन्डीङ्ग

खोप समन्वय समिति र संचारकर्मी बीच अभिमुखिकरण

उर्मिला यादव यात्री फागुन २१
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कोभिड १९ विरुद्ध खोप अभियान अन्तर्गत जिल्लास्तरमा खोप समन्वय समिति र संचारकर्मीहरुको बीचमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर मणी पाठकको अध्यक्षता तथा जिल्ला समन्वय समिती पश्चिम नवलपरासीका प्रमुख शिवशंकर रायको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य कार्यालयले कोभिड १९ बिरुद्धको दोस्रो चरण खोप तालिका सार्वजनिक गर्दै यहि फागुन २३ गते देखि ६५ बर्ष उमेर समुह भन्दा माथिका ब्यक्तिहरुलाइ खोप लगाउने जनाएको छ । सुनवल नगरपालिकामा खोप प्रदान गर्नुपर्ने ६५ बर्ष माथिका लक्षित संख्या तीन हजार ४ सय ५५ जना रहेकोमा हाल उपलब्ध खोपको आधारमा तीन हजार तीन सय जना लाइ यहि फागुन २३ गते देखी २५ गते सम्म प्रदान गरीने छ भने सुनवल नगरपालिकाकमा ६ वटा खोप केन्द्र रहनेछन ।

यस्तै गरी बर्दघाट नगरपालिकामा खोप प्रदान गर्नुपर्ने ६५ बर्ष माथिका लक्षित संख्या तीन हजार ५ सय २९ जना रहेकोमा हाल उपलब्ध खोपको आधारमा तीन हजार ९ सय जना लाइ ९ वटा खोप केन्द्रबाट खोप प्रदान गरीने जनाइएको छ । यस्तै गरी सुस्ता गाउपालिकामा २ हजार जना , प्रतापपुर गाउपालिकामा २ हजार सात सय जना , सरावल गाउपालिकामा २ हजार २ सय जना र पाल्हिनन्दन गाउपालिकामा २ हजार जना गरी उपलब्ध खोपको आधारमा पश्चिम नवलपरासीमा १९ हजार ५ सय जनालाइ खोप प्रदान गरीने स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी बर्दघाट नगरपालिकामा७ वटा खोपकेन्द्र , सुस्ता गाउपालिकामा ५, प्रतापपुर गाउपालिकामा७ , सरावल गाउपालिकामा ७ र पाल्हिनन्दन गाउपालिकामा ६ वटा खोप केन्द्र रहने जनाइएको छ ।

यस्तै गरी पश्चिम नवलपरासीमा अहिले सम्म लक्षित बर्गका तीन हजार ५ सय ८८ जनालाइ खोप लगाइएको छ भने जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार चार सय ४० रहेको छ भने जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुनवल नगरपालिकामा ९, रामग्राम नगरपालिकामा ६, बर्दघाट नगरपालिकामा १२, पाल्हिनन्दन गाउपालिकामा ३ , सरावल गाउपालिकामा शुन्य , प्रतापुर गाउपालिकामा २ र सुस्ता गाउपालिकामा १ जना गरी ३३जनाको कोरानाबाट मृत्यु भैसकेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर मणी पाठक, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्मा लगायतले बोल्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal