ट्रेन्डीङ्ग

विप्लव नेकपा कालिकोटले सहिद परिवारलाई सम्मान

कालिकोट। विप्लव नेतृत्व नेकपा कालिकोटले २६ औं जनयुद्ध दिवस एवम् सहिद सप्ताहको अवसरमा जिल्लाका सहिद परिवारलाई सम्मान पत्र सल ओढाएर सम्मान गरेको छ।

जिल्लाको माल्कोट म्हेलमुडी राष्कोट नानिकोट खिन र भर्तामा । माल्कोट सेरापाटामा भएको शहिदपरिवारहरुलाई महासचिव विप्लवले हस्ताक्षर गरेको सम्मान पत्र ,कालिकोट जिल्लाले सलले सम्मान कार्यक्रममा १४५ जना शहिद परिवारलाई सम्मान गरेको छ ।

नेकपा कर्णाली ब्युरो सदस्य अबिचल र जिल्ला ईन्चार्ज एब ब्युरो सदस्य मनिलाल ऐडी रणदि ले सम्बोधन गर्दै कुनै पनि हालतमा प्रचण्डले धोका दिए जस्तै आफ्नो पार्टी धोका नदिने कुरा बताउनु भयो ।

जनयुद्दका केही नकारात्मक शिक्षा सहित पार्टी अगाडि बढेका ले वार्ता बिरोधीहररुले हल्ला गरे जस्तै केपी संग एकता संसदिय व्यवस्था स्वीकार नभई यो वार्ता संसदीय व्यवस्थामा आएको संकटलाई हल गर्नका लागि भएको दावी गर्नु भयो ।
सहिद परिवारले वार्तालाई बिगत प्रचण्डले प्रयोग गरेजस्तो गर्नु हुन्न भन्ने धारणा राख्नु भएको छ ।

जनता नेता कार्यकर्ता र शहिदपरिवारको उपस्थिती रहेको कुरा तपेन्द्र ऐडिले बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?