ट्रेन्डीङ्ग

प्रतापपुरमा धारिलो हतियार प्रयोग गरि दम्पतीको हत्या

परासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन।प्रतापपुर गापा-८ मजुवामा ५० बर्षिय तिलकराज भेडियार र उनकि श्रीमती निर्मला भेडियार मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका नायब उपरीक्षक भोजराज पाण्डेयले बताए।

 

गाई भैसी पालन व्यवसाय गर्दै आएका दम्पतीको धारीलो हतियार प्रयोग गरि हत्या गरीएको अवस्थामा गोठ नजिकै फेला परेको हो।घटना के कसरी घट्यो कारण भन्ने विषय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

घटनास्थलमा कुकुर सहितको प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको डिएसपी पाण्डेयले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?