
काठमाडौं। नेकपा एमाले सहित ३ दलले नागरिकता विधेयक प्रति असन्तुष्टि जनाउँदै तीन दलले सदन अवरूद्ध गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको छ।सभामुख देवराज घिमिरेले सदन अवरुद्द भएपछी एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक अवरूद्ध गरेपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक प्रति असन्तुष्टि जनाउँदै तीन दलले सदन अवरूद्ध पारेका हुन्।उनीहरूले प्रमाणीकरण भएको विधेयक निष्क्रिय पारेर संशोधनसहितको विधेयक सदनमा ल्याएर अघि बढाउन माग गरेका छन्।