
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा सम्पन छैटौ मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जितेको छ । फाइनल खेलमा वडा ६ ले वडा १० लाइ ० का बिरुद्द १ गोल गर्दै वडा ६ ले उपाधि जितेको हो ।
गत जेठ ६ गतेदेखि सुरु भएको छैठौं मेयर कप फुटवल प्रतियोगीतामा उपाधि जित्दै वडा ६ ले नगद रु १ लाख ४० हजार,उपविजेता हुने वडा १० ले ८० हजार र सेमिफाइनलिस्ट टिम वडा ३ र ५ ले रु २५/२५ हजार प्राप्त गरेको आयोजकले जनाएको छ।
सार्वाधिक गोल कर्ता,उत्कृष्ट गोल किप्पर,उत्कृष्ट खेलाडी,उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट,म्यान अप द म्याच हासिल गरेका उत्कृष्ट खेलाडीलाई नगद,मेडल र सम्मानपत्र प्रदान गरिएको थियो।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बिमला अर्यालले युवाको हरुको क्षमता बढाउन खेल क्षेत्रमा लगानी बढाउदै जाने बताइन। नगर प्रमुख अर्यालले सातौ मेयर कप फुटबल प्रतियोगिता वडा ४ मा हुने सुनवल घोषणा समेत गरेकी थिइन्।
कार्यक्रममा नगर उपप्रमुख सुर्य दुवे,जिल्ला फुटवल सघ अध्यक्ष धनप्रसाद गुरुङ,सुनवल नगरपालिकाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्य,स्थानीय युवा क्लब आमा समुह,लगायत खेलसंग सम्बन्धि उल्लेखनीय उपस्थिति रहेको थियो।छैठौं मेयर कप फुटबल प्रतियोगिता उपभोक्ता समितिका उपाध्यक्ष दिपक पाण्डेले जानकारी दिए।
समापन कार्यक्रम छैठौं मेयर कप फुटवल प्रतियोगीता उपभोत्ता समितिका अध्यक्ष जित वहादुर पुनको अध्यक्षता सगै सुरु भएको कार्यक्रममा संचालनको बिष्णु पान्डेले गर्नु भएको थियो।सुनवल नगरपालिका भित्रका सवै १३ वटै वडाहरु प्रतिस्पर्धा गर्ने फुटवल प्रतियोगीतालाई ए र बि गरि दुई पोलमा विभाजन गरिएको थियो।