
परासी।सिटिजन्स बैंक ईन्टरनेशनल महेशपुर शाखाले एक विद्यालयमा शैक्षिक समाग्री वितरण गरेको छ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. १ मा रहेको श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा बैंकले शैक्षिक समाग्री वितरण गरेको हो।
बैंकले संस्था समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समाग्री वितरण गरीएको बैंकका शाखा प्रबन्धक उमेश यादवले बताउनु भएको हो।प्रबन्धक यादवका अनुसार अग्रेजिको ए बि सि डि, नेपालीमा क ख ग घ र १ देखि सय सम्म लेखिएको चार्ट वितरण गरेको छ।
यस्तै कक्षा एकदेखि ९ सम्मका विद्यार्थीहरुमा प्रथम,द्धितिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कृत पनि गरेको छ।त्यस्तै विद्यालयमा अन्य समाग्रीहरु जस्तै ६ वटा पंखा र ३ वटा डस्टविन वितरण गरिएको यादवले बताए ।
विद्यालयका प्रधानध्यापक सुनिल कुमार तिवारीको अध्यक्ष्तामा भएको कार्यक्रमा वडा नं. १ वडा सदस्य समशुद्दिन मुस्लमान,बैंक सहायक शाखा प्रबन्धक विजय खनाल लगायतको उपस्थिति रहेको थियो।