ट्रेन्डीङ्ग

भुमहीमा रामनगर सामुदायिक अध्ययन केन्द्रको शुभारम्भ

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.१२ भुमहिमा गणतन्त्र दिवसको अवसरमा रामनगर सामुदायिक अध्ययन केन्द्रको शुभराम्भ कार्यक्रम गरिएको छ।


 

सुनवल नपा वडा १२ को पहलमा वडा कार्यालय भवनमा बेद:शिर्जनशिल संस्थाको परिकल्पना दिवस तथा गणतन्त्र दिवसको अवसरमा वेदःसिर्जनशील संस्थाको आयोजनामा रामनगर सामुदायिक अध्ययन केन्द्रको शुभराम्भ कार्यक्रम गरिएको हो।


पठन संस्कृतिको बिकास गर्न अध्ययन केन्द्रको स्थापना गरीएको वक्ताहरुले बताए। अध्ययन केन्द्रमा पहिलो चरणमा कार्ड बनाएर घरमा लगेर किताब पढ्न मिल्ने गरि व्यवस्था गरिएको तर भवनको व्यवस्थापन भइ सकेपछि बिस्तारै त्यही बसेर पढ्न मिल्ने गरि व्यवस्था हुने सस्थाका सस्थापक अध्यक्ष कृष्ण पाण्डेयले बताए।



 

संस्थाका अध्यक्ष यमन भण्डारीको अध्यक्षता एव सुनवल नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष चुरामणी पौडेलको प्रमुख आतिथ्यतामा संस्थाकी उपाध्यक्ष हुमा देवकोटा स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सन्चालन पुनम भण्डारिको रहेकोे थियो।

साहित्य परिषद नवलपरासीका अध्यक्ष डा.श्यामप्रसाद न्यौपाने,लायन्स क्लब अफ रामनगरका अध्यक्ष तथा राइजिड॰ स्टार विकास प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष बलराम चापागाई,सस्थापक अध्यक्ष कृष्ण पाण्डे,मानार्थ सदस्य कला डुम्रे भट्टराई,जनज्योति युवा क्लबका अध्यक्ष कशेव विश्वकर्मा,दारी ग्याड॰ नवलपरासीका अध्यक्ष प्रदिप अर्याल,पुर्वअध्यक्ष तथा सस्थापक सदस्य रोश्नी राना,सस्थापक स्वागत थापा,आजिवन सदस्य केशव भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal