ट्रेन्डीङ्ग

वालिङ नपा र ककनी गापाका न्यायिक समितिबीच छलफल

तोलाकान्त बगाले ,वालिङ, २० फाल्गुन ।

वालिङ नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच न्यायिक समितिले गरेका असल अभ्यासहरुको आदान प्रदान गरिएको छ ।

वालिङ नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका असल अभ्यासहरुकाबारेमा जानकारी लिन वालिङ आएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामासहितको न्यायिक समिति तथा मेलमिलापकर्ताहरुलाई वालिङमा स्वागत गर्दै असल अभ्यासहरुको आदान प्रदान गरिएको हो ।

अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ नगरपालिकाले न्यायिक क्षेत्र तथा समग्रमा नगरपालिकाले गरेका गतिविधिहरुकाबारेमा जानकारी गराउनुभएको थियो । उहाँले एउटा पालिकाले गरेको राम्रो अभ्यासको आदान प्रदान गरी अगाडि बढ्न सहज हुने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले वालिङ नगरपालिकाले न्यायिक क्षेत्रमा गरेका असल कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले आगामी दिनमा पनि एउटा पालिकाले गरेका असल अभ्यासहरु अर्को पालिकालाई आदान प्रदान गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा ककनी गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लामाले वालिङ नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादनमा खेलेको भूमिका महत्वपूणर् र प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यहाँबाट सिकेका असल अभ्यासहरुलाई ककनीमा पनि प्रयोग गर्ने जनाउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिकाका कानून शाखा प्रमुख नरबहादुर पौडेलले वालिङ नगरपालिकाको न्यायिक क्षेत्रमा परेका विवादहरु, समाधानका लागि भएका प्रयासहरु र मेलमिलापकर्ताहरुको भूमिकाकाबारेमा जानकारी गराउनुभएको थियो । वालिङ नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कानून शाखा प्रमुख पौडेलले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal