ट्रेन्डीङ्ग

गणतन्त्र दिवसकै दिन धान्यान्चल माविमा सरसफाई लगायत विविध कार्यक्रम

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ बडेरा स्थिति धान्यान्चल महायज्ञ माविले गणतन्त्र दिवसको अवसर पारेर सरसफाई लगाएत विविध कार्यक्रम गरेको छ ।

 


सुनवल नगर प्रवक्ता एवं वडा नम्बर १३ का अध्यक्ष कृष्णप्रसाद बगालेको आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको संयोजकत्वमा सरसफाई,वृक्षारोपण तथा फुलवारी व्यवस्थापन गरेको विद्यालयले जनाएको छ ।

 


बिधालयका शिक्षक शिक्षिका,व्यवस्थापन समितिका सदस्य,अभिभावक संघ,शिक्षक,शिक्षा प्रेमी,वडामा रहेका विभिन्न संघसंस्था,सहित स्थानीय व्यक्तिहरुको उपस्थितिमा बृक्षारोपण एवं सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो।

 

विद्यालयको शैक्षिक गुणस्तर संगै भौतिक संरचनाहरुलाई पनि व्यवस्थापन गर्दै अगाडी वढेको विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले बताए।

पछिल्लो समयमा सामुदायिक विद्यालयहरुमा स्थानिय तहको चासो,व्यवस्थापन समितिको निगरानी,जागरुकता साथै शिक्षक शिक्षिकाहरुको इमान्दारी पुर्वक कर्तब्य पालानाका कारण समाजको सामुदायिक विद्यालयहरु प्रतिको दृष्टिकोणमा सकरात्मक परिर्वतन आएको छ।



बिधालयको प्राङ्गणमा श्रम शिविर अभियान संचालन गरि विभिन्न दालचीनी,कल्कि,कपुर,निम,स्वामी,अमला,गाेलमाेर लगायत प्रताजिका बिरुवा रोपिएको विधालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?