ट्रेन्डीङ्ग

विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं।नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्वालिफायर खेल्न राष्ट्रिय टोली घोषणा गरेको छ । जसमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन।

 





गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थप्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो।

 

 



टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,कुशल मल्ल,आरिफ शेख,दीपेन्द्र सिंह ऐरी,गुल्सन झा,सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी,अर्जुन साउद र किशोर महतो रहेका छन।

 



टोलीमा सन्दीप जोरा,देव खनाल,सूर्य तामाङ,कमल सिंह ऐरी,अविनाश बोहरा र श्याम (मौसम) ढकाल भने परेका छैनन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?