ट्रेन्डीङ्ग

सरावलमा पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण

फाल्गुन २० सरावल । पश्चिम् नवलपरासीको सरावल गाउँपालिकामा वडा न: ७ का अध्यक्ष हयात खा धुनियाकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी काे प्रमुख आतिथ्यतामा पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण गरिएको हाे।

कोइकाको आर्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे आयाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल ८४ थान पम्पसेट र ८४ बोरिङ सेट हस्तान्तरण हस्तान्तरण गरिएको हाे ।

पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण गर्दै पालिका अध्यक्ष चौधरीले कृषि उत्पादनमा बृद्धि गर्न आधुनिक कृषि सामाग्री प्रयोग गर्नले कृषि उत्पादन बढी गर्न सकिन्छ साथै बेमौसमी खेती गर्न सक्नुको साथै बेरोजगारी घटाउन सकिन्छ कुराम जोड दिनु भएको छ ।

पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण कार्यक्रममा सरावल गाउँपालिका वडा नं.७ वडा अध्यक्ष हयात खा धुनिया ,सहमतिकाे फोकल पर्सन भिम प्रसाद शर्मा ,गुड नेवर्स इन्टरनेसनल नेपालकाे टिम लिडर लाेक बहादुर थारु,जिविकाेपार्जन बिज्ञ सुनिल दुलालले राम्रोसँग सदुपयोग गरि आर्थिक उन्नति र कृषि विकास गर्न सुझाव सहित शुभकामना ब्यक्त गर्नुभएको थियाे।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका,४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?